FAQs Complain Problems

भागेश्वर गाउँपालिका एक परिचय

डडेल्धुरा जिल्ला को साबिक बगरकोट ,भागेश्वर र रुपाल गा.वि.स . लाई मिलाएर  बर्तमान भागेश्वर गाउपालिकाको  स्थापना २०७३ चैत्र २ गते भएको हो | डडेल्धुरा जिल्ला बाट १४  किमी पश्चिममा रहेको यो एक सुन्दर गाउपालिका  हो | अस्थाई केन्द्र बगरकोट रहेको यस  गाउँपालिकाको नामाकरण यस क्षेत्रकै प्रसिद्ध मन्दिर " भागेश्वर " को नाम बाट गरिएको हो | २३३ .३८ बर्ग किमी मा फैलिएको यो गाउँपालिकामा जम्मा ५ ओटा वार्ड रहेका छन् भने गाउँपालिकाको कुल जनसंख्या १३१३२ रहेको छ |धार्मिक पर्यटन ,लघु जल बिधुत ,जदिबुडी उत्पादन तथा प्रशोधन र प्राबिधिक शिक्षाको प्रचुर सम्भावना  भएको  यस गाउँ पालिकाका प्रमुख पर्यटकीय स्थलहरु बगरकोट कमल ताल ,भागेश्वर मन्दिर धुरा ,बोगटा ऐतिहांसिक कोट र सायल झरना हुन |